Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गैँडाकोटमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

गैँडाकोटमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

नवलपुर :  पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदल यात्रीको मृत्यु भएको छ।
जिल्लाको गैँडाकोट नगरपालिका–५, बुद्ध मार्ग चोक स्थित पूर्व पश्चिम राजमार्गमा ग १ ख ६६०५ नम्बरको ट्रकले पैदल यात्री सोही ठाउँ बस्ने ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी विरेन्द्र राज गुरुङले बताउनुभयो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका पौडेलको चितवन मेडिकल कलेज, भरतपुरमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी गुरुङले बताउनुभयो । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट