Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

काठमाडौँमा एकै दिन चार घरमा चोरी

काठमाडौँमा एकै दिन चार घरमा चोरी

काठमाडौँ : काठमाडौँ उपत्यका र कैलालीका विभिन्न पाँच स्थानमा शुक्रबार दिउँसो र साँझ गरी करिब ३७ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। काठमाडौँको चन्द्रागिरी र तारकेश्वर नगरपालिकाका तीन स्थान, महानगरपालिकाको ईनार चोक र कैलालीको धनगढीमा शृङ्खलाबद्ध चोरीका घटना भएका हुन्।

चन्द्रागिरी नगरपालिका–१४ बाईछापमा डेरा गरी बस्ने ३४ वर्षीया काजल बोगटीको कोठाबाट सबैभन्दा ठूलो रकम बराबरको धनमाल चोरी भएको छ। उनको कोठाबाट नगद र सुनचाँदीका गरगहनासहित करिब १८ लाख ७७ हजार रुपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ।

यस्तै, तारकेश्वर नगरपालिका–१० मनमैजुमा सुजन तामाङको डेराबाट २ लाख ६ हजार र सोही नगरपालिकाको वडा नम्बर ११ नेपालटारमा हेमा कुमारी खड्काको कोठाबाट ३ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

काठमाडौँ महानगरपालिका–१५ ईनार चोकमा बिमला परियारको कोठाबाट पनि १० लाख रुपैयाँ बराबरको नगद तथा सुनका गरगहना चोरी भएको छ। उपत्यका बाहिर कैलालीको धनगढी उपमहानगरपालिका–७ बुद्धचोकस्थित हरि प्रसाद जोशीको घरबाट ५ तोला सुनका गहना र मोबाइल चोरी भएको छ। प्रहरीले यी सबै चोरीका घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट