Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बालेन–लामिछाने–घिसिङबीच पार्टी एकताको तयारी

बालेन–लामिछाने–घिसिङबीच पार्टी एकताको तयारी

काठमाडौँ : काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबीच

को लागि हस्ताक्षर गर्न तयारी भइरहेको छ।

स्रोतका अनुसार, परिस्थितिमा कुनै अप्रत्याशित फेरबदल नभए आज साँझसम्म तीनै पक्षबीच एकताको लागि औपचारिक हस्ताक्षर हुने अनुमान गरिएको छ। हस्ताक्षर अघि तीनै पक्षले आ–आफ्नो गृहकार्य पूरा गरी सामूहिक भेटवार्ता गर्ने तयारी गरिरहेको बताइएको छ।

स्रोतले भने, “सबै पक्ष एकै ठाउँमा आएपछि छलफल गरेर आजै सहमतिमा हस्ताक्षर हुनेछ। यदि केही फरक नपरे भोलि एकता घोषणा सभा आयोजना हुनेछ।”

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि वैकल्पिक शक्तिहरू र जेनजीहरू पुराना राजनीतिक शक्तिहरूलाई चुनौती दिने उद्देश्यसहित एकै ठाउँमा बसेर रणनीति बनाउँदैछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट