काठमाडौं : चलचित्र ‘आ बाट आमा’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा परदेशिन लागेका छोराको बाबुआमासँगको माया र भावनात्मक सम्बन्ध देखाइएको छ।
टिजरमा अभिनेता पल शाह सिरानीमाथि पासपोर्ट राखेर सुतिरहेको दृश्य देखिन्छ। उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोइरहेका छन्। यसले परदेशिन लागेको नेपाली युवाको कथा उजागर गर्ने संकेत दिएको छ।
चलचित्र चन्द्र पन्तले निर्देशन गरेका हुन्। माघ १६ गतेबाट रिलिज हुने यो चलचित्रमा प्रदीप रावत, विपना थापा, पल शाहसँगै सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रवीन्द्र झा, गजित विष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतको अभिनय रहेको छ। बालकलाकारमा समाइरा थापा र शान अधिकारी छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij