काठमाडौं : थाइल्याण्डमा जारी ‘मिस युनिभर्स २०२५’ मा बुधबार ‘नेसनल कस्ट्युम कम्पिटिसन’ आयोजना भएको छ। यस वर्ष नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स नेपाल’ सान्या अधिकारीले राष्ट्रिय पोशाक प्रस्तुत गरिन्।
नेपालको नेसनल कस्ट्युम इजरेली फेसन डिजाइनर एभियाड एरिक हर्मनले डिजाइन गरेका हुन्। अधिकारीले भनेकी छन्, “मिस युनिभर्स २०२५ को लागि मेरो राष्ट्रिय पोशाक अनावरण गर्न पाउँदा गर्व लागेको छ। यो उत्कृष्ट कृति हो जसले नेपालको आत्मालाई विश्वसँग बाँड्ने सन्देश बोकेको छ।”
उनले थपेकी छन्, “संसारले द्वन्द्वभन्दा भाइचारा खोजिरहेको समयमा, नेपालको राष्ट्रिय पोशाक आशा र मानव एकताको काव्यात्मक अभिव्यक्तिको रूपमा देखा परेको छ। जोडिएका दुई हातबाट प्रेरित यो डिजाइन परम्परागत रूपमा लैङ्गिक समानताको प्रतीक हो र शान्तिको विश्वव्यापी प्रतीकको रूपमा पुनः व्याख्या गरिएको छ।”

‘मिस युनिभर्स २०२५’ को ग्राण्ड फिनाले शुक्रबार आयोजना हुँदैछ।




© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij