दैलेख : कर्णाली नदीमा डुबेर शुक्रबार बेपत्ता भएका दुई किशोर अझै भेटिएका छैनन् । स्थानीय, प्रहरी र गोताखोरको टोली परिचालन भए पनि उनीहरु अझै फेला नपरेको हुन् ।
शुक्रबार नदीमा डुबेर कालिकोटको नरहरीनाथ गाउँपालिका- १, कोटबाडाका १६ वर्षीय विराज विष्ट र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका—९, डौँसुरका १६ वर्षीय भुवन सावन बेपत्ता भएका थिए ।जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार स्थानीय र प्रहरीले खोजीकार्य जारी राखेका छन् । ‘ठाउँ–ठाउँमा पुगेर खोजी कार्य भइरहेको छ, अहिलेसम्म कुनै पत्तो लागेको छैन्,’ उनले भने ।
भुवन शुक्रबार बिहान १०ः ३० बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका—७, अन्तर्गत पर्ने लामादुवालास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार विष्ट शुक्रबार दिउँसो पचालझराना गाउँपालिका—४, को को चाँटेबगर स्थिती कर्णालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।उनको खोजी कार्यका लागि गोताखोरको टोली पनि परिचालन गरिएको छ । ‘गोताखोर, सशस्त्र प्रहरी, हाम्रो टोली र स्थानीय मिलेर खोजीकार्य भइरहेको छ,’ उनले भने, ‘तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij