Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

धनगढी : कैलालीमा १३ वर्षीया बालिकामाथि फेरि सामूहिक बलात्कार भएको छ ।जिल्लाको मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरा गरि बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको हो ।

बालिकामाथि सामूहिक रुपमा जबरजस्तीकरणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ बस्ने ४४ वर्षीय गोपाल बिक र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।प्रहरीकाअनुुसार स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययन गर्ने उनलाई गोपाल बिकले मासु पकाएर ल्याइदिनु भन्दै दिएका थिए ।

मासु पकाएर बिकलाई दिन उनको पसलमा पुगेका बेला पसलको कोठामा लगेर दुवै जनाले जबरजस्तीकरणी गरेको आरोप छ । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यसअघि शुक्रबार मात्र धनगढीमा विद्यालयबाट घर फर्किने क्रममा १४ वर्षीया किशोरीलाई चक्कु देखाएर युवकले जबरजस्तीकरणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij