Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

काठमाडौँमा टिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

काठमाडौँमा टिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

काठमाडौँ : काठमाडौँको तारकेश्वरमा मिनी टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। तारकेश्वर नगरपालिका वडा नं ७ महादेवखोलास्थित सडकमा बा३ख ३३४४ नम्बरको मिनि टिपरको ठक्करबाट पैदलयात्री झापा दमक नगरपालिका घर भई तारकेश्वरमा बस्ने २५ वर्षीय सविना घलेको तीन वर्षीय छोरा दिप्सनकुमार धिमालको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते धिमालको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ। टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij