Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

माउ कुकुर र पांच वटा छाउराछाउरीलाई ढुंगामा पछार्दै मारेर नारायणीमा फाल्ने दुई युवा पक्राउ

माउ कुकुर र पांच वटा छाउराछाउरीलाई ढुंगामा पछार्दै मारेर नारायणीमा फाल्ने दुई युवा पक्राउ

पोखरा :मान्छे कतिसम्म निर्दयी बन्न सक्छ हँ ? एउटा माउ कुकुर र त्यसका पांच वटा छाउरा-छाउरीलाई ढुंगामा पछार्दै यातना दिएर नदीमा फालेको दृश्य सम्झंदा नि मन नै कति अमिलो हुने। तर ती कुकुर र छाउरा-छाउरीले कति कष्ट भोगे होलान ? सम्झंदा पनि कहाली लाग्ने।

हो त्यस्तै भएको छ, नवलपरासीको सुस्तामा। जिल्लाको सुस्ता गाउँपालिका ५ बेलवानी घर भएका ३३ वर्षीय राजकुमार सारु र २८ वर्षीय अमनकुमार चिडी मगर अहिले इलाका प्रहरी कार्यालय बेलाटारीको हिरासतमा छन्। उनीहरुले गएको पुष १३ गते सामाजिक सन्जाल फेसबुकमा पोस्ट गरेको भिडियोकाकारण उनीहरु पक्राउ परेका हुन्।उक्त भिडियोमा उनीहरुले गाउँबाट एउटा माउ कुकुर र त्यसका ५ वटा छाउराछाउरी नारायणी किनारमा लगेर ढुंगामा बजारेर मार्दै नदीमा बगाएको दृश्यमा प्रस्ट छ।

उक्त भिडियो सामाजिक संजाल मा भाइरल भए पछि स्थानीयले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको र मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए।

‘राजकुमारले कुकुर मारेको र अमनकुमारले भिडियो खिचेर सामाजिक संजाल फेसबुकमा पोस्ट गरेको पाइएको छ,’ डीएसपी बोहराले भने, ‘उनीहरुलाई हामीले पक्राउ गरेर मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद थप गरेर कारबाही अघि बढाइएका छौँ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij