Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

धनुषा प्रहरीले समाते भारतीय कुखुराको अण्डा

धनुषा प्रहरीले समाते भारतीय कुखुराको अण्डा

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाले अवैद्य भारतीय कुखरा कुखुरीको अण्डा बरामद गरेकोे छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ स्थितबाट भारतबाट लुकाई छिपाई जनकपुर ल्याउँदै गरेको क्रममा ७ कार्टनु अण्डा पक्राउ गरी पशु क्वारेन्टाइनमा बुझाएको हो ।

मँगलबार अण्डा चोरी निकासी गरी ल्याउँदै गरेको जानकारी पाएपछि धनुषा प्रहरीले पक्राउ गरेको हो । अण्डा अन्दाजी २० हजार रुपैयाँ बराबरको रहेको छ ।

भारतबाट आउने सेतो रँगको अण्डा स्वस्थ्यकर नरहेको चिकित्सकहरु बताउँछन् । ब्रोईलर कुखुराको विकार वस्तुको रुपमा अण्डा उत्पादन गर्ने गरिन्छ ।

यहाँ मात्र मासुको प्रयोजनको लागि उत्पादन गरिने ब्रोईलर कुखुरा न त भाले हुन्छ न पोथी नै । औषधी मार्फत मासुु उत्पादन गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij