Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

आमनिर्वाचनको झल्को दिने गरी अङ्कुरम् एकेडेमीमा नमुना निर्वाचन

आमनिर्वाचनको झल्को दिने गरी अङ्कुरम् एकेडेमीमा नमुना निर्वाचन

चितवन : भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा कक्षा ९ मा अध्ययनरत जेनस क्षेत्री रत्ननगर–६, सौराहामा बस्छन् । उनी आइतबार विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा विद्यालयमा प्रस्तुत भए । विद्यालयमा आइतबार आयोजित नमुना निर्वाचन कार्यक्रममा उनी कक्षा ६ देखि १० सम्मको ‘ब्लु हाउस’मार्फत ‘क्याप्टेन’को उम्मेदवारसमेत थिए । उनले आफूले देशमा विभिन्न प्रकारका चुनाव भएको र ती चुनावमा मतदाता शिक्षाको अभावमा धेरै मत खेर जाने गरेको विभिन्न सञ्चार माध्यमबाट थाहा पाएको बताए ।

‘मलाई देशमा निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो, निर्वाचनको बेला हुने चहलपहलबारे पनि म जानकार नै थिएँ तर, यसरी आफू नै उम्मेदवार भएर मतदानमा भाग लिँदा पढाइबाट थाहा पाएको भन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ,’ कक्षा ६ मा अध्ययनरत ‘ग्रीन हाउस’का भाइस क्याप्टेन उम्मेदवार सम्राट अधिकारीले बताए ।

‘मतदाता शिक्षाको कमीले बदर हुने मतका कारण निर्वाचनमा योग्य मान्छे निर्वाचित हुनबाट वञ्चित हुने सम्भावना धेरै हुन्छ, त्यसैले अब हाम्रो भूमिका हाम्रो टोल समाजमा निर्वाचनताका साधारण मतदातालाई कसरी आफूले चाहेको उम्मेदवारलाई मत बदर नहुने किसिमले मतदान गर्ने भनेर सिकाउने पनि हुनुपर्छ’, कक्षा स्टुडेन्ट काउन्सिलको ‘हेड ब्वाय’मा निर्वाचित सुभांशराज केसीले बताए ।

आइतबार अबेर सम्पन्न नमुना निर्वाचनबाट कक्षा १ देखि ५ को समूहको रेड हाउस क्याप्टेनमा सुभांशराज गौतम र भाइस क्याप्टेनमा राजकुमार अर्याल, एल्लो हाउस काप्टेनमा इभाना घले र वैदेही शर्मा, ब्लु हाउस क्याप्टेनमा कार्ल भण्डारी र भाइस क्याप्टेनमा प्रमिता अर्याल तथा ग्रीन हाउस क्याप्टेनमा निर्वाण अग्रवाल र भाइस क्याप्टेनमा प्रद्युम्न क्षेत्री विजयी भए ।

त्यसैगरी, कक्षा ६ देखि १० को समूहबाट रेड हाउस क्याप्टेनमा आहाना कौडेल र भाइस क्याप्टेनमा लीना तिवारी, एल्लो हाउस क्याप्टेनमा आयुषा चापागाईं र भाइर क्याप्टेनमा कृतिका भट्टराई, ब्लु हाउस क्याप्टेनमा जेनस क्षेत्री र भाइस क्याप्टेनमा ग्रिष्ना पाण्डे तथा ग्रीन हाउस क्याप्टेनमा जेसिका तामाङ र भाइर क्याप्टेनमा सम्राट अधिकारी निर्वाचित भए ।

त्यस्तै, आइतबारै सम्पन्न निर्वाचनबाट विद्यार्थी परिषद्को ‘हेड ब्वाय’मा सुभांशराज के.सी., ‘हेड गर्ल’मा रिहाना गैरे तथा डुपुटी हेड ब्वाय र डेपुटी हेड गर्लमा क्रमशः मेन्सन रामदाम र आश्रिका बाँस्तोला निर्वाचित भएका छन् । विद्यालयको नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यार्थीलाई थप ज्ञानसँग परिचित गराउन नमुना निर्वाचन गराइएको निर्वाचनमा केन्द्राध्यक्षको भूमिका निभाएका तहप्रमुख अर्जुन जी शर्माले जानकारी दिए । इसिए हेड विक्की थापाले निर्वाचन अधिकृतको जिम्मेवारी निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij