Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक गर्ने

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक गर्ने

काठमाडौंः नेपाली कांग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। मंसिर ८ गते सुरु भएर हिजो (शुक्रबार) सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले आज पत्रकार सम्मेलन गर्न लागेको हो।


पार्टी कार्यालयका कार्यवाह मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ। सम्मेलनमा समाचार संकलन तथा संप्रेषणका लागि पत्रकारहरुलाई निमन्त्रणा गरिएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर ८ गतेदेखि सुरु भएको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट