काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण गरेर डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार पौडेलले नियमित स्वास्थ्य परीक्षण गराएका हुन् ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले भने, ‘उहाँले नियमित चेकजाँच गराउनुभएको हो । स्वास्थ्यमा समस्या आएको होइन । उहाँको ओपिडीमा चेकजाँच गरिएको थियो । अहिले डिस्चार्ज भइसक्नुभएको छ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij