काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेको छ ।मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ६ हजार ९६० रुपैयाँ तोकिएको छ ।यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।चाँदीको मूल्य १० ग्रामको २ हजार ६०६ रुपैयाँ तोकिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij