Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

रावलवाडामा देउडाको गुञ्जन

रावलवाडामा देउडाको गुञ्जन

मुगु :  छायाँनाथ रारा नगरपालिका–४ रावलवाडा र भामवाडाको खेलमैदानमा देउडा गीतको गुञ्जनले स्थानीय वातावरण सङ्गीतमय बनेको छ। महालिङ्गा देवताको पूजाको अवसरमा आयोजित देउडा खेलमा बाजुराका देउडा गायक शंकर मल्ल र स्थानीय देउडा गायिका रामछिता भामले दमदार प्रस्तुति दिएका छन्।

देउडा खेलमा दुवै गायकले आफ्ना मौलिक भाकामार्फत दर्शक तथा सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए। उनीहरूको प्रस्तुतिमा स्थानीयवासी देउडाको भाकामा रमाउँदै देउडा खेलेका थिए।

स्थानीय समाजसेवी रेशमबहादुर रावलले महालिङ्गा देवताको पूजाको अवसरमा देउडा खेल आयोजना गर्दा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुग्ने बताए। यस्ता सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र पहिचानसँग जोड्नुका साथै आपसी सद्भाव र सामाजिक एकतासमेत बलियो बनाउने उनको भनाइ छ।

धार्मिक आस्था र मौलिक संस्कृतिसँग जोडिएको देउडा खेलले रावलवाडा र भामवाडामा सांस्कृतिक उत्साह थपेको छायाँनाथरारा नगरपालिका वडा नं ४ का स्थानिय समाजसेबी हस्तबहादुर भामले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij