Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

प्रधानमन्त्रीबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताको शुभकामना

प्रधानमन्त्रीबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताको शुभकामना

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले कर्णाली प्रदेशमा हुन लागेको ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता’ को सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दै नागरिकस्तरबाटै साथ र समर्थनको अपेक्षा गरेका छन् ।‘प्रिय कर्णाली’ भन्दै सामाजिक सञ्जाललबाट शुभकामना सन्देशमार्फत प्रधानमन्त्रीले कर्णाली प्रदेशले पहिलोपटक यति ठूलो खेलकुद महाकुम्भको आयोजना गर्न लागेकोमा खुसी जनाएका छन् ।प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । मुख्य खेलहरू भने ८ गतेदेखि नै सुरु हुनेछ ।

प्रधानमन्त्रीले यस प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।साथै, खेलकुदको माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।सन्देशमा शाहले विगतमा प्रतियोगिता नियमित हुन नसकेको उल्लेख गर्दै हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरू भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका हालसम्म ९ वटा मात्र संस्करण आयोजना हुनु दुःखद पक्ष भएको बताए ।

‘अब सरकारले प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धिमा गम्भीरतापूर्वक काम गर्नेछ’, शाहले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij