सुजन खनाल
चितवन : चितवनको नारायणगढस्थित लायन्सचोकमा ट्राभल मित्र होलिडेज प्रा.लि. सञ्चालनमा आएको छ। स्वदेश तथा विदेश भ्रमणमा जान चाहने सेवाग्राहीलाई आवश्यक सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले युवा व्यवसायीहरूको संयुक्त लगानीमा ट्राभल एजेन्सी स्थापना गरिएको हो।
युवा व्यवसायी यमन भुषाल, सुरज पौडेल र महेश पाण्डेको संयुक्त लगानीमा स्थापना भएको संस्थाको नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पराजुलीले पर्यटन क्षेत्रको विस्तारसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय भ्रमणप्रतिको आकर्षण बढ्दै गएको बताए। भ्रमणमा जान चाहनेलाई आवश्यक जानकारी, परामर्श तथा सहजीकरण एउटै स्थानबाट उपलब्ध गराउन ट्राभल एजेन्सीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
संस्थाका अध्यक्ष यमन भुषालले चितवनबाटै स्वदेश तथा विदेश भ्रमणको योजना बनाउन र आवश्यक सेवा प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले ट्राभल मित्र होलिडेज सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार संस्थाले भिजिट भिसासम्बन्धी सहजीकरण, हवाई टिकटिङ, आवश्यक कागजात तयारी तथा विभिन्न देशका लागि आकर्षक होलिडे प्याकेज उपलब्ध गराउनेछ।
त्यस्तै, प्रबन्ध निर्देशक सुरज पौडेलले थाइल्याण्ड, सिंगापुर, जापान, बाली, चीन, युरोपका विभिन्न देश, अस्ट्रेलिया र बेलायतलगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा भ्रमण गर्न चाहने सेवाग्राहीलाई आवश्यक सेवा उपलब्ध गराइने जानकारी दिए।
अर्का प्रबन्ध निर्देशक महेश पाण्डेले परिवार, साथीभाइ तथा समूहमा भ्रमण गर्न चाहनेहरूका लागि गन्तव्य छनोटदेखि भ्रमण प्याकेज, हवाई टिकटिङ र आवश्यक कागजी प्रक्रियासम्म सहजीकरण गरिने बताए।
चितवनवासीले अन्तर्राष्ट्रिय भ्रमणको योजना बनाउन तथा भ्रमणसम्बन्धी आवश्यक सेवा लिन काठमाडौं वा अन्य सहर धाउनुपर्ने अवस्थालाई सहज बनाउने लक्ष्यसहित ट्राभल मित्र होलिडेज सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij