Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

नुवाकोटमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

नुवाकोट : नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्लाको  विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल जिल्ला नुवाकोट विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, नुवाकोटको विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापामगर र सोही स्थान बस्ने  २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान १०: ५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट