Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

तिहारमा फूलको व्यापार ६४ करोड ५० लाख पुग्ने अनुमान

तिहारमा फूलको व्यापार ६४ करोड ५० लाख पुग्ने अनुमान

काठमाडौँ  : यमपञ्चकको तेस्रो दिन आइतबार लक्ष्मी पूजाका अवसरमा काठमाडौं उपत्यकामा सयपत्री तथा मखमली फूलको कारोबार व्यापक रूपमा बढेको छ।

लक्ष्मी पूजामा घर, आँगन, पसल र व्यावसायिक प्रतिष्ठान सजाउन सयपत्री फूलको अधिकतम प्रयोग हुने भएकाले बजारमा उपभोक्ताहरूको बाक्लो चहलपहल देखिएको हो।

काठमाडौं महानगरपालिकाले किसान र उपभोक्ताको सहजताका लागि उपत्यकाका विभिन्न स्थान नै तोकेर फूल खरिदबिक्रीको विशेष व्यवस्था मिलाएको छ। तोकिएका बजारहरूमा बिहानैदेखि सयपत्री र भाइटीकाका लागि मखमली फूल किन्नेहरूको घुइँचो लागेको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्षको तिहारमा मात्रै देशभर करिब ६४ करोड ५० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ।

तिहारको मुख्य दिन नजिकिएसँगै सयपत्रीका साथै भाइटीकामा प्रयोग हुने मखमली र गोदावरी फूलको व्यापार पनि ह्वात्तै बढेको छ।

नेपालमा पुष्प व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ। हाल देशभर ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक पुष्पखेती भइरहेको र यस क्षेत्रमा ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी पुगिसकेको एसोसिएसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij