Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

नवलपुरमा ट्याक्टरको ठक्करबाट २४ वर्षीय प्रहरी जवानको मृत्यु

नवलपुरमा ट्याक्टरको ठक्करबाट २४ वर्षीय प्रहरी जवानको मृत्यु

नवलपुर : पूर्वी नवलपरासीको देवचुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवचुली क्षेत्रमा नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको बा.प्र.०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक २४ वर्षीय प्रहरी जवान लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । डडेल्धुराको खटेडा–१ स्थायी घर भएका भण्डारी प्रहरी पहरा गण सामाखुसी, काठमाडौंमा दरबन्दी भई मन्त्री क्वार्टर, भैंसेपाटीमा कार्यरत थिए ।

दुर्घटनापछि उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न ट्याक्टरको पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij