Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।

४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले सन् २०१६ मा पोर्चुगललाई युरोपेली च्याम्पियनसिपको उपाधि जिताएका थिए । उनको कप्तानीमा पोर्चुगलले पहिलोपटक उक्त प्रतियोगिताको उपाधि जितेको थियो ।

पछिल्लो अन्तर्राष्ट्रिय विश्रामका क्रममा नर्वेविरुद्धको खेलमा सहभागी नभएपछि रोनाल्डो पोर्चुगलको प्रशिक्षण शिविर छाडेर बाहिरिएका थिए । नेसन्स लिगअन्तर्गत उक्त खेलमा पोर्चुगलले नर्वेलाई २–१ गोलले हराएको थियो ।

खेल सकिएपछि उनी सिधै ड्रेसिङ रुम पुगेका थिए । ओस्लोमा उपस्थित समर्थकलाई अभिवादन गर्न मैदानमा पुगेका आफ्ना सहकर्मीसँग पनि उनी सहभागी भएनन् । त्यस घटनापछि रोनाल्डोलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध र जरिवाना गरिएको थियो । उनले प्रशिक्षक जोर्गे जेसुसमाथि आफूलाई गरेका वाचा पूरा नगरेको आरोप लगाएपछि विवाद थप चर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट