काठमाडौँ : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘विशेष सुरक्षा सल्लाहकार’ पद अस्वीकार गरेका छन् ।
आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध न्यायिक लडाइँमा जाने भएपछि उनले नयाँ जिम्मेवारी बुझ्न अस्वस्वीकार गरेका हुन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल सरकारको ‘सचिव सरह’ को सेवा–सुविधा उपलब्ध गराउने गरी सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। बैठकले उनलाई हटाएको पद प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज केसीलाई गरेको थियो ।
कार्यकाल बाँकी छँदै सरकारले गैरकानुनी र पूर्वाग्रहपूर्ण ढङ्गले प्रहरी प्रमुखबाट हटाएको भन्दै कार्की कानूनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन्। तर सर्वोच्च प्रशासनले उनको रिट अध्ययानका लागि भन्दै दर्ता नगरी राखेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij