काठमाडौँ : नेपाल चिकित्सक संघले आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै आठ दिनदेखि २५औँ आमरण अनशनमा रहेका डा। केसीको स्वास्थ्यमा जटिल समस्या देखिएकाले जीवन रक्षाका लागि तत्काल वार्ताको वातावरण बनाउन आग्रह गरेको हो ।
डा केसीले उठाएका माग सम्बोधन गरी समस्याको समाधान खोज्न संघले सरकारको ध्यानाकर्षण गराएको छ ।यस विषयमा संघले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय प्रदर्शनीमार्गमा पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक, अस्पताल निर्देशक तथा आवासीय चिकित्सकसहित छलफल कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ । इलामबाट पछिल्लो अनसन बसेका केसी हाल काठमाडौँमा उपचाररत छन् ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij