Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

टिकटकर तुलसा अधिकारीलाई थुनामा राख्ने आदेश उच्च अदालतबाट पनि सदर

टिकटकर तुलसा अधिकारीलाई थुनामा राख्ने आदेश उच्च अदालतबाट पनि सदर

काठमाडौँ :  टिकटकर तुलसा अधिकारीलाई थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनबाट पनि सदर भएको छ।
अधिकारीकाे निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बेरीतको नदेखिएको भन्दै परिवर्तन गर्नुनपर्ने ठहर गरेको हो ।
आपराधिक लाभसम्बन्धी मुद्दामा जिल्ला अदालतले थुनामा पठाएपछि अधिकारीले उक्त आदेश बदर गर्दै आफूलाई थुनामुक्त गर्न माग गरेर उच्च अदालतमा निवेदन दिएकी थिइन् । उनले एक पुरुषलाई हनी ट्र्यापमा पारेर आर्थिक लाभ लिएको आरोप छ।

अधिकारीविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ । उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३ र ८ अनुसार आपराधिक लाभ (एक्सटर्सन) लिएको, हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत र स्थान बदलेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ विपरीत कसूर गरेको अभियोग लगाइएको छ । अभियोगपत्रमा पीडितलाई क्षतिपूर्तिसहित कानुनबमोजिम कडा सजायको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij