काठमाडौँ : प्रहरीले मोरङको रतुवामाई नगरपालिका–६ स्थित शनिश्चरे बजारमा गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्। लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको प्रहरीले चलाएको गोली लागेर दुई जना भारतीय नागरिक घाइते भएका छन् । आरोपीहरूसँग हातपात हुँदा एक जना ब्यूरोका प्रहरी घाइते भएका छन् ।
आरोपीहरूको साथबाट ५ सय ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूराेका एक जना अधिकृतले बताए । आरोपीहरूको साथबाट प्रहरीले एक थान पेस्तोल पनि बरामद गरेको छ । प्रहरीले दुई जना भारतीय र अर्का एक जना नेपाली सहित ३ जनालाई पक्राउ गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij