Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

नभसुरक्षामा नेपाली सेना सक्रिय

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौँ  : नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी समय वायुयान र हेलिकप्टर उडाएर नभसुरक्षामा पनि उल्लेखनीय कार्य गर्दै आएको छ ।

दुई लाख घण्टा विमान उडान पूरा गरेको अवसरमा प्रधान सेनापति अशोक राज सिग्देलले गौचर ब्यारेकमा स्थापना गरिएको शिलालेख बुधबार अनावरण गरेका छन् ।

त्यस अवसरमा ‘सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म’ पुस्तक विमोचन गरिएको थियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार २०२२ सालमा स्थापना भएको सैनिक हवाई सेवाले विपद् व्यवस्थापन, उद्धार तथा राहतका कार्यमा आपत्कालीन परिस्थितिमा सेवा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट