चितवन : चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्न चितवन प्रहरीले सुरक्षा निगरानी बढाएको छ। जिल्लाका विभिन्न स्थानमा प्रहरीले सवारीसाधन तथा शंकास्पद गतिविधिमाथि कडा चेकजाँच गरिरहेको छ।जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलका अनुसार तिहारदेखि छठ पर्वसम्म सुरक्षा जाँच निरन्तर सञ्चालन हुनेछ।
मापसे नियन्त्रण, पटाका तथा विस्फोटक पदार्थको ओसारपसारमा निगरानी र लागुऔषध नियन्त्रण अभियानलाई प्राथमिकताका साथ अघि बढाइनेछ।प्रहरीले चाडपर्वलाई सुरक्षित बनाउन सर्वसाधारणलाई समेत सतर्क रहन आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij