पर्वतको फलेवास नगरपालिका -२थापाठानाका फाँटमा धान भित्र्याउने चटारो सुरु भएको छ। गाउँका फाँटहरूमा यतिबेला धान पाक्ने क्रममा छ भने पाकिसकेका बाली भित्र्याउने सुरुवाती काम थालिएको छ।अहिले मुख्यत: मौसमको अवस्था हेर्दै किसानहरू बिस्तारै धान काट्ने, खेतमै सुकाएर कुनिउँ लगाउने र त्यसपछि दाइँ हालेर धान झाँट्ने काममा जुटेका छन्। भौगोलिक कठिनाइ र आधुनिक थ्रेसर मेसिन सहजै उपलब्ध नभएका कारण पहाडी भेगमा अझै पनि बिहानको पारिलो घामसँगै खेतको खलामा गोरु घुमाइघुमाई परम्परागत शैलीमै दाइँ हाल्ने गरिएको छ।
गाउँबाट युवाहरू बाहिरिएका कारण कृषि जनशक्तिको अभाव भए पनि यहाँका किसानले 'अर्म-पर्म' परम्परालाई जीवितै राखेका छन्। पालैपालो सामूहिक रूपमा काम सघाउने यही संस्कृतिका कारण वर्षभरिको मेहनतले उब्जाएको बाली समयमै घर भित्र्याउन सहज भएको छ।फाँटतिर भर्खरै सुरु भएको यो धान काट्ने, कुनिउँ लगाउने र दाइँ हाल्ने काम सकिएलगत्तै फेरि पाकेको कोदो बाली थन्काउने चटारो सुरु हुन्छ। मंसिर-पुस हिउँदसम्मै गाउँघरमा यस्तै खेतीपातीको कामले व्यस्तता बढाउने गर्छ ।
v
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij