लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरसहित पाँच जनाविरुद्ध कीर्ते तथा जालसाजीको आरोपमा दाङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने क्रममा प्रयोग गरिएको विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै सभामुखसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगर, सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, प्रदेशसभा सदस्य सन्तोष पाण्डे र अजयकुमार झालाई पनि मुद्दामा विपक्षी बनाइएको छ । वादी काफ्लेले पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना लेटरहेड, छाप तथा पदाधिकारीको नाम प्रयोग गरेर पत्र तयार पारिएको र त्यही पत्रका आधारमा आफूलाई पदमुक्त गरिएको दाबी गरेकी छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij