Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

अमेरिकाको निर्वाचन आयोगको अनलाइन प्रणालीमा साइबर आक्रमण

अमेरिकाको निर्वाचन आयोगको अनलाइन प्रणालीमा साइबर आक्रमण

काठमाडौं :  अमेरिकामा मध्यावधि निर्वाचन हुन केही दिन बाँकी रहँदा  त्यहाँको सङ्घीय निर्वाचन आयोग (FEC) को इलेक्ट्रोनिक फाइलिङ प्रणालीमा साइबर आक्रमण भएको छ। 

आक्रमणका कारण आयोगको अनलाइन फाइलिङ प्रणाली अस्थायी रूपमा पूर्ण रूपमा बन्द (अन्लाइन अफलाइन) भएको छ।   

ह्याकरहरूले प्रणालीमा घुसपैठ गर्ने प्रयास गरेपछि आयोगले आफ्ना अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गर्नुपरेको समाचार संस्था रोयटर्सले जनाएको छ।  

निर्वाचन हुनुभन्दा ठीक एक साताअघि भएको यो अवरोधले राजनीतिक दल, उम्मेदवारहरूले गर्ने २४ देखि ४८ घण्टे खर्च विवरण बुझाउन पाएका छैनन्। 

यसले गर्दा अन्तिम समयमा कसले कति खर्च गरिरहेको छ भन्ने पारदर्शिता रोकिएको छ।  आयोगले यो प्रणाली चुनाव खर्च निगरानीका लागि मात्र भएको र यसले आम मतदाताले भोट हाल्ने प्रक्रिया वा नतिजामा कुनै प्रत्यक्ष असर नपार्ने स्पष्ट पारेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट