Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ

काठमाडौँ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई जना भारतीय महिलालाई थाई गाँजा सहित पक्राउ गरेको छ। मंगलबार बिहान लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४६ वर्षीय शबाना बानु यार महम्मद शेख र ३५ वर्षीय शरिफ अब्बास अन्सारी छन् ।

आरोपीहरूको साथबाट १४ किलो थाई गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुबास बोहराले रातोपाटीलाई बताए । उनीहरू बाटिक एयरको उडान मार्फत थाईल्याण्डबाट मलेसिया हुँदै काठमाडौँ आएका हुन्।

बाटिक एयरको उडान नम्बर ओडी–१८२ हुँदै आएका उनीहरूमाथि शङ्का लागेपछि ब्यूरोको टोलीले चेकजाँच गरेको थियो । आरोपीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ विरुद्धको कसुरमा अनुसन्धान भइरहेको एसएसपी बोहराले जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट