Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

सवारी कारबाहीबाट कर्णालीमा १२ दिनमा १२ लाख रुपैयाँ राजस्व उठ्यो

सवारी कारबाहीबाट कर्णालीमा १२ दिनमा १२ लाख रुपैयाँ राजस्व उठ्यो


सुर्खेत : कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारीसाधनबाट रु. १२ लाख २५ हजार राजस्व सङ्कलन गरिएको हो।

जसमा सबैभन्दा बढी सुर्खेतमा मादकपदार्थ सेवन गरी चलाएका ६३८ सवारीसाधनलाई कारबाही गर्दा रु. पाँच लाख ८२ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी बिसीले बताए।

उनका अनुसार सल्यानमा २२२ सवारीसाधन कारबाही हुँदा रु. दुई लाख १८ हजार ५००, रुकुमपश्चिममा १२७ सवारीसाधनबाट रु. एक लाख ४५ हजार, दैलेखमा ९९ सवारीसाधनबाट रु. ९४ हजार, जुम्लामा ६७ सवारीसाधनबाट रु. ७३ हजार, जाजरकोटमा ६८ सवारीसाधनबाट रु. ६१ हजार ५००, कालीकोटमा ८२ र डोल्पामा १८ सवारीसाधनबाट रु. १७/१७ हजार, हुम्लामा १५ सवारीसाधनबाट रु. १५ हजार र मुगुमा तीन सवारीसाधन कारबाही गर्दा रु. दुई हजार राजस्व सङ्कलन भएको छ।

मादकपदार्थ सेवन गरी गाडी चलाउने सुर्खेतमा १५७, सल्यानमा ४६, दैलेखमा १७, रुकुम पश्चिममा नौ, जुम्लामा सात, कालीकोटमा पाँच, जाजरकोटमा चार र डोल्पामा एक गरी २४६ जनालाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट