Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

हेटौंडा :  हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।हेटौंडा-१३ वनस्पतिका २४ वर्षीय सुकराम लोप्चनको मृत्यु भएको हो । घाइते चालक प्रकाश थापाको हेटौंडा अस्पतालमा उपचार गरिएको थियो ।

हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको बा.७५ प ६२७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२८ च १५३२ नम्बरको कारमा ठोक्किएको  प्रहरीले जनाएको छ ।कार चालक मोरङको विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय शिवप्रसाद खतिवडासहित कार र मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij