Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

सांसद थपलियाको डेरा कोठाबाट २३ लाख बराबरका सुनचाँदीका गहना र नगद चोरी

सांसद थपलियाको डेरा कोठाबाट २३ लाख बराबरका सुनचाँदीका गहना र नगद चोरी

काठमाडौँ : दसैँको बिदामा एक बहालवाला सांसदको कोठामा चोरी भएको छ । कात्तिक १ गतेदेखि कात्तिक ५ गतेको बडा दसैँको बिचमा प्रतिनिधि सभाकी सांसद सिता थपलियाको कलंकीस्थित कोठाबाट २३ लाख रुपैयाँ बराबरको चोरी भएको हो ।प्रहरीले कात्तिक ४ गते राति काठमाडौँ महानगरपालिका १४, कलंकीमाई मन्दिर नजिकै टासिटोलमा रहेको थपलियाको डेराबाट करिब ७ तोला सुनका गरगहना, साँढे ५१ तोला चाँदीका गरगहना, ५० हजार नेपाली रुपैयाँ र १० हजार रुपैयाँ भारतीय रकम समेत चोरी भएको जनाएको छ ।नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद रहेकी थपलिया स्थानीय कृष्ण सिंह बस्नेतको साढे दुई तले घरको भुईँ तला र पहिलो तलामा बस्दै आएकी थिइन् । धादिङको सिद्धलेक गाउँपालिका स्थायी ठेगाना भएकी उर्मिला थपलिया नामले परिचित सिता थपलियाको बस्ने घरमा दसैँको बिदा अवधिमै चोरी भएको हो ।टीका लगाएर कात्तिक ५ गते काठमाडौँ फर्किएपछि मात्रै उनको कोठामा चोरी भएको थाहा भएको थियो ।

प्रहरी वृत्त कालीमाटीमा थपलियाले टिपाएको विवरण अनुसार उनको कोठाबाट अन्दाजी २ तोला तौल रहेको ४ थान सुनको बाला, साँढे १ तोलाको तिलहरी, आधा तोला तौलको जन्तर र झुम्का, करिब डेढ तोलाको ५ थान सुनको औँठी, एक तोलाको सुनको सिक्री र आधा तोलाको सुनको मुन्द्रा गरी कुल ७ तोला बराबरको सुनका गरगहहना चोरी भएको हो । चोरी भएका सुनका गरगहनाको मूल्य २० लाख ३० हजार रुपैयाँ रहेको छ ।त्यसै गरी कोठाबाट करिब ४ तोलाको चाँदीको बाला, करिब ३५ तोलाको चाँदीको थाल, करिब ३ तोलाको चाँदीको कचौरा, करिब ४ तोलाको चाँदीको पाउजु, करिब ४ तोलाको चाँदीको कलि, करिब डेढ तोलाको चाँदीको चम्चा गरी जम्मा ५१ दशमलव ५ तोलाको चाँदीका गरगहना समेत चोरी भएका छन् । ती चाँदीका गरगहनाको मूल्य २ लाख ६ हजार रुपैयाँ रहेको जनाइएको छ ।

त्यसै गरी थपलियाको कोठाबाट ५० हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँ समेत चोरी भएको छ । चोरी भएका सुन र चाँदीका गहना र नगद गरी कुल २२ लाख ९६ हजार रुपैयाँ बराबरको चोरी भएको हो ।घटनाका सम्बन्धमा थपलियासँग बुझ्दा आफूहरू दसैँको फूलपातीको दिन नै धादिङ गएको र कात्तिक ५ गते टीका लगाएर फर्किएपछि मात्रै कोठामा चोरी भएको थापा पाएको बताइन् ।घरधनी पनि सो समयमा घरमा नभएको र उनीहरूको घरको कोठासमेत फुटाएर चोरी गरेको पाइएको थपलियाले बताइन् ।थपलियाका अनुसार कात्तिक ४ गते बिहान करिब २ बजेको समयमा घरभित्रबाट आवाज आएको भन्ने स्थानीयले बताएकाले कात्तिक ४ गते बिहानको समयमा चोरी भएको हुनसक्ने थपलियाले बताइन् ।थपलियाले आफूसँग रहेको गरगहना र बालबालिकाको गरगहनासमेत चोरले सबै लगेको गुनासो गरिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट