Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

दाङका प्रहरी प्रमुख दिपक श्रेष्ठ लुम्बिनी प्रदेशकै असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

दाङका प्रहरी प्रमुख दिपक श्रेष्ठ लुम्बिनी प्रदेशकै असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

दाङ : जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) दिपक श्रेष्ठ २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले श्रेष्ठलाई असोज महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो ।

पेशागत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुका साथै अपराध अनुसन्धान तथा नियन्त्रण र नवप्रवर्तनात्मक कार्यक्रममार्फत प्रहरी संगठनको गरिमा अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

श्रेष्ठको कार्यसम्पादन, व्यावसायिक दक्षता र संगठनप्रतिको योगदानको कदर गर्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनलाई उक्त सम्मान प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट