चितवन : चितवनको कालिका नगरपालिका–१ सूर्यपुरमा अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले आज बिहान स्थानीय सानु घिसिङको घर तथा गोठमा छापा मार्दा ९९५ लिटर तयारी घरेलु मदिरा बरामद गरेको हो।
प्रहरीका अनुसार मदिरा उत्पादनमा प्रयोग हुने चिउरा, कोदो, मकै र भेली मिश्रित करिब १० हजार लिटर कच्चा पदार्थ घटनास्थलमै नष्ट गरिएको छ।छापाका क्रममा १ हजार ४०० केजी चिनी, ३०० केजी चिउरा, ५० केजी कोदो, ५० प्याकेट चाकु, १० केजी मोर्चा, २९ प्याकेट इन्स्ट्यान्ट यिस्ट तथा ४० वटा ड्रम र मदिरा पार्ने विभिन्न उपकरणसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीले अवैध रूपमा मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने कार्यविरुद्ध आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij