काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँग विवाद भएपछि एक बस चालकले बसभित्रै आगो लगाएका छन्। रिद्धिसिद्धि यातायातका चालकले बसमा आगो लगाएको प्रहरीले जनाएको छ।
आगो लगाउने क्रममा चालक घाइते भएका छन्। उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो।
प्रहरीका अनुसार त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बस खाली रहेको अवस्थामा चालकले बस बन्द गरेर भित्रै आगो लगाएका हुन्। दमकलको सहयोगमा बसमा लागेको आगो निभाउने प्रयास गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij