काठमाडौं : सरकारले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा बिजुली जोड्ने काम द्रुत गतिमा अगाडि बढाएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ। बाढीबाट सबैभन्दा प्रभात रसुवाका पनि ९० प्रतिशत ठाउँमा बिजुली पुर्याइएको शाक्यले बताए ।
मन्त्रालयका अनुसार भदौ १० को बाढीबाट पूर्वाधार क्षति भई विद्युत् अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा भोलिपल्टबाटै विद्युत् सञ्चालनको काम थालिएको थियो । प्रवक्ता शाक्यका अनुसार उत्तरगया गाउँपालिकाको वडा नं. १, गोसाईंकुण्ड गाउँपालिकाका वडा नं. १, २, ३ बाहेक रसुवाका सबै क्षेत्रमा विद्युत् सञ्चालन भइसकेको छ।
राष्ट्रिय विद्युत वितरण नपुगेको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणालीमार्फत विद्युत सेवा क्रमशः सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij