Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा इस्कोनका ८ पदाधिकारी निलम्बित

बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा इस्कोनका ८ पदाधिकारी निलम्बित

काठमाडौं : बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) अन्तर्गतको भक्तिवेदान्त गुरुकुलमा बालबालिकामाथि हिंसा तथा यौन दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि इस्कोन नेपालका आठ पदाधिकारी निलम्बनमा परेका छन् ।

इस्कोनको अन्तर्राष्ट्रिय समितिले सेप्टेम्बर १४ अर्थात् भदौ २८ गते दिएको निर्देशनअनुसार अध्यक्ष परमेश्वर अच्युत दास भनिने प्रदीप भण्डारीबाहेक केन्द्रीय पदाधिकारी तथा क्षेत्रीय सचिवसहित आठ जनालाई निलम्बन गरिएको हो ।

निलम्बित हुनेमा क्षेत्रीय सचिव इगोर ओबोलोन्कोभ (पत्री दास), नेपाल कार्यकारी समितिका सचिव रुपेश्वर गौर दास (रुपेश जोशी), उपाध्यक्ष सुचारु गोपी देवी दासी (सोइन्जा श्रेष्ठ), भक्तिवेदान्त गुरुकुलका प्रधानाचार्य सुरजकृष्ण श्रेष्ठ, कोषाध्यक्ष दिव्या राधिका देवी दासी (देवीना साख), कार्यकारी सदस्य पुष्पाञ्जली देवी दासी (प्रेमा चन्द), उपाध्यक्ष महाप्रभु कृपा दास (सविन रेग्मी) र सचिव हरिहर करुणामय दास (हरेन्द्र ठाकुर) रहेका छन् ।

बूढानीलकण्ठस्थित भक्तिवेदान्त गुरुकुलमा आश्रित बालबालिकामाथि केही महिनाअघि हिंसा तथा यौन दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको थियो । घटनाको अनुसन्धानका क्रममा गुरुकुलका प्रधानाचार्य सुन्दरगोपाल दास भनिने सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका थिए ।

घटना सार्वजनिक भएपछि इस्कोनको अन्तर्राष्ट्रिय समितिले नेपालस्थित संस्थाको नेतृत्व तथा व्यवस्थापनसँग सम्बन्धित पदाधिकारीको भूमिकामाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।

अन्तर्राष्ट्रिय समितिको निर्देशनपछि अध्यक्षबाहेक आठ पदाधिकारीलाई निलम्बन गरिएको इस्कोनले जनाएको छ । निलम्बनसँगै नेपालस्थित इस्कोनको नेतृत्व तथा व्यवस्थापनमा समेत प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij