Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एक महिनासम्म मनाइएको गुँला पर्व सकियो

एक महिनासम्म मनाइएको गुँला पर्व सकियो

काठमाडौं : बौद्ध समुदायले विशेष धार्मिक तथा सांस्कृतिक महत्वका साथ एक महिनासम्म मनाउँदै आएको गुँला पर्व आज सम्पन्न भएको छ । गत साउन २८ गतेदेखि सुरु भएको पर्व अवधिभर काठमाडौँ उपत्यकाका विभिन्न बौद्ध चैत्य, विहार तथा धार्मिक स्थलमा पूजाअर्चना, भजनकीर्तन र परिक्रमा गरी गुँला पर्व मनाइएको हो ।

गुँला पर्वमा सांस्कृतिक बाजागाजासहित बुद्धका भजन तथा श्लोक गाउँदै मठमन्दिर, विहार र बौद्ध चैत्यको परिक्रमा गर्ने परम्परा छ। पर्वका क्रममा दैनिक नौ बाजा बजाउँदै धार्मिक स्थलको परिक्रमा गर्ने गरिन्छ ।

पर्व अवधिभर व्रतालुले नुन नखाई दिनमा एक छाक मात्र भोजन गर्ने तथा बिहान–बेलुका पूजाअर्चना गर्ने प्रचलनसमेत रहेको छ। दर्शन तथा पूजाका क्रममा बाजागाजासहित श्लोक र मन्त्र उच्चारण गर्दै चैत्य, विहार तथा मन्दिरको परिक्रमा गरिन्छ ।

गुँला पर्व काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुर र मध्यपुरथिमि लगायतका क्षेत्रमा परम्परागत धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट