चितवन : भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका २७२ जनाको शव चितवनमा भेटिएको छ। रसुवा र नुवाकोटबाट बगाएर ल्याएका शव सुरक्षाकर्मीले नारायणी नदीको किनारबाट सङ्कलन गरेका हुन्।
चितवनमा फेला परेका शवमध्ये थप तीन जनाको पहिचान खुलेको छ। मृतकका आफन्त तथा परिवारका सदस्यले तीनै जनाको शव सनाखत गरेको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले जानकारी दिए।
सनाखत हुनेमा रसुवाको उत्तरगया गाउँपालिका–४ का रामबहादुर थापा, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का शिव भनिने लीलाबहादुर देउजा र सल्यानको बाँझचौर नगरपालिका–९ का आयुष खड्का रहेका छन्।
यसअघि चितवनमा भेटिएका नौ वटा शवको पहिचान खुलेको थियो। नारायणी नदीको किनारमा थप शव फेला पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij