चितवन : माडी–भरतपुर जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको वैकल्पिक सडक पिच गर्ने तयारी अघि बढाइएको छ। वातावरणीय प्रभाव मूल्यांकन (EIA) तयार गर्ने क्रममा आज भरतपुर–२३ मा सार्वजनिक सुनुवाइ गरिएको हो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा माडी र भरतपुरका जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। सडक पिच गर्ने योजनासम्बन्धी वातावरणीय प्रभाव, स्थानीय आवश्यकता तथा संरक्षणका विषयमा सरोकारवालाबाट धारणा लिइएको बताइएको छ।
सडक पिच भएपछि माडी–भरतपुरबीचको दूरी करिब २.८९ किलोमिटरले छोटिने जनाइएको छ। आयोजनाको अनुमानित कुल लागत करिब ९० करोड रुपैयाँ रहेको छ।
चितवन राष्ट्रिय निकुञ्जभित्र सडक पिच गर्ने योजना भएकाले यसको वातावरणीय तथा वन्यजन्तु संरक्षणमा पर्न सक्ने प्रभावलाई महत्वपूर्ण रूपमा हेरिएको छ। यही कारण EIA प्रक्रियाअन्तर्गत गरिएको सार्वजनिक सुनुवाइलाई समेत चासोका साथ हेरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij