Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भोटेकोशी बाढीपछि ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

भोटेकोशी बाढीपछि ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

चितवन : रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६१६ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म विभिन्न जिल्लाबाट बेपत्ता व्यक्तिका शव फेला परेका हुन्। फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ वटा रहेका छन्।

प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जना रहेका छन्।

बाढीपछि बेपत्ताको खोजी तथा उद्धार कार्यसँगै विभिन्न स्थानमा फेला परेका शवको पहिचान र व्यवस्थापनको कामसमेत जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट