Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

रसुवाका ६०२ बाढी प्रभावितको बिहीबार हेलिकप्टरबाट उद्धार

रसुवाका ६०२ बाढी प्रभावितको बिहीबार हेलिकप्टरबाट उद्धार

काठमाडौँ : नेपाली सेनाले रसुवाका विभिन्न स्थानबाट बाढी प्रभावितको उद्धार गरिरहेको छ। बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत र पैदल उद्धार गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले दिउँसो साढे ३ बजेसम्ममा ६०२ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेको जनाएको छ।

टिमुरे, स्याफ्रुबेसी, धुन्चे तथा मैलुङ इलाकाबाट ५० विदेशीसहित ६०२ जनाको हवाई उद्धार गरेको हो। यस्तै २०० जनाको पैदल उद्धार गरिएको पनि सेनाले जानकारी दिएको छ। वीरेन्द्र सैनिक अस्पतालबाट खटिएको डाक्टर अधिकृत सहितको मेडिकल टिमबाट त्रिशुलीमा स्थापना गरिएको आपतकालिन उपचार केन्द्रमा ३३८ जना घाइतेहरुलाई उपचार गरिएको छ। खोज तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक डगको समेत प्रयोग गरी ४ हजार २ सयभन्दा बढी नेपाली सेना बाढी प्रभावितका लागि खटिएको छ।

फौजले समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य गरीरहेको छ। यस्तै धादिङस्थित पृथ्वी राजमार्गमा जमेको लेदो सफा गरी सडक सुचारु गर्न समेत सेना खटिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट