Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नारायणीमा भेटिएका ग्यास सिलिन्डर प्रशासनलाई बुझाउन निर्देशन

नारायणीमा भेटिएका ग्यास सिलिन्डर प्रशासनलाई बुझाउन निर्देशन

चितवन : नारायणी नदीमा बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर भेटिए तत्काल स्थानीय प्रशासनलाई बुझाउन चितवनका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन्। बाढीपछि नदी किनारका विभिन्न स्थानमा ग्यास सिलिन्डर भेटिन थालेपछि प्रशासनले त्यस्ता सिलिन्डर घरमा लैजान वा आफैं प्रयोग नगर्न स्थानीयलाई आग्रह गरेको हो।

प्रशासनले नदी किनारमा भेटिएका सिलिन्डर सुरक्षित रूपमा नचलाउन तथा नछुन आग्रह गर्दै नजिकको सुरक्षा निकाय वा सम्बन्धित स्थानीय तहमा बुझाउन अनुरोध गरेको छ। सिलिन्डरभित्र ग्यास बाँकी हुन सक्ने भएकाले आगो तथा अन्य जोखिमपूर्ण गतिविधिबाट टाढा राख्न र सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट