Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

नारायणी नदीबाट ६७ शव संकलन, शव राख्न कोल्ड स्टोर बनाइँदै

नारायणी नदीबाट ६७ शव संकलन, शव राख्न कोल्ड स्टोर बनाइँदै

चितवन : नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन गरिएको छ। नदीमा बगेर आएका शवहरू संकलन गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिएका छन्।संकलन गरिएका शवलाई तत्काल विभिन्न अस्पतालमा सुरक्षित राखिएको छ। शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने कामसमेत अघि बढाइएको प्रशासनले जनाएको छ।

बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो क्षति भएको थियो। बाढी तथा पहिरोमा परेर बेपत्ता भएकाहरूका शव नदीले बगाएर चितवनसम्म ल्याएको हुन सक्ने आशंकामा नारायणी नदी आसपासमा खोजी तथा संकलन कार्य जारी राखिएको छ।

शवको संख्या बढ्दै गएपछि चितवनमा व्यवस्थापनमा समस्या देखिएको छ। जिल्लामा एकपटकमा करिब ५० वटा शव मात्र सुरक्षित रूपमा राख्न सकिने क्षमता रहेकाले थप शव व्यवस्थापनका लागि वैकल्पिक तयारी थालिएको हो।

शव राख्ने ठाउँ अभाव भएपछि प्रयोगमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भवनमा कोल्ड स्टोर निर्माण गरी शव व्यवस्थापन गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले बताए।

प्रशासनका अनुसार नारायणी नदीमा थप शव आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। साथै, संकलित शवको पहिचान र सुरक्षित व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट