Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रधानमन्त्री बालेन मुस्ताङ जाँदै, कस्तो छ बेनी–जोमसोम सडकको अवस्था ?

प्रधानमन्त्री बालेन मुस्ताङ जाँदै, कस्तो छ बेनी–जोमसोम सडकको अवस्था ?

काठमाडौं : प्रधानमन्त्री बालेन शाह निजी भ्रमणका लागि शनिबार पोखराबाट सडकमार्ग हुँदै मुस्ताङतर्फ जाने भएका छन् । तर प्रधानमन्त्रीको मुस्ताङ यात्रा तय भएको बेनी–जोमसोम सडकखण्ड शनिबार बिहानैदेखि लेदो पहिरोका कारण अवरुद्ध भएको छ । प्रधानमन्त्री शाह शुक्रबार काठमाडौंँबाट सडकमार्ग हुँदै पोखरा पुगेका थिए। उनी पोखरास्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका थिए। शनिबार बिहान पोखराबाटै सडकमार्ग हुँदै मुस्ताङ जाने उनको तयारी छ।

यसैबीच, बेनी–जोमसोम सडकखण्डको दुई स्थानमा लेदोसहितको पहिरो खसेपछि यातायात प्रभावित भएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा शनिबार बिहान ५ः२५ बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको थियो।

म्याग्दीकी निमित्त प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीका अनुसार सुकेबगरको पहिरो भने हटाइसकिएको छ र सडक सञ्चालनमा ल्याइएको छ।

यस्तै, म्याग्दीकै रघुगंगा गाउँपालिका–२ बैसरीमा बिहान ५ः३० बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण बेनी–जोमसोम सडकमा यातायात आवागमन प्रभावित भएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार बैसरीको पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट