Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जनकपुरमा ग्यास बिक्रेता संघका अध्यक्षको स्टोरमा प्रहरी छापा, १३१ सिलिन्डर बरामद

जनकपुरमा ग्यास बिक्रेता संघका अध्यक्षको स्टोरमा प्रहरी छापा, १३१ सिलिन्डर बरामद

जनकपुरधाम : ग्यास लुकाएर महँगो दरमा बिक्री गरेको आरोपमा धनुषामा प्रहरीले ग्यास बिक्रेता संघका अध्यक्ष तथा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष फूलदेव पण्डितको स्टोरमा छापा हानेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अरविन्द साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्टोरमा छापा मार्दा विभिन्न ब्रान्डका १३१ थान ग्यास सिलिन्डर फेला पारेको हो।

प्रहरीका अनुसार सिलिन्डर लुकाएर राखी महँगो दरमा बिक्री गर्दै आएको सूचनाका आधारमा स्टोरमा छापा मारिएको हो। बरामद सिलिन्डरको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

पण्डित धनुषा ग्यास बिक्रेता संघका अध्यक्षसँगै जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट