चितवन : कावासोती नगरपालिका–११ लौगाईस्थित नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा स्थानीय अन्दाजी ३४/३५ वर्षीय धनबहादुर बोटे रहेका छन्। प्रहरीका अनुसार बोटे शनिबार दिउँसो करिब ३ः२० बजे माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका हुन्। उनको अवस्था अझै अज्ञात रहेको छ।
बोटेको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल, औद्योगिक सुरक्षा बेस दलदलेको टोली आवश्यक खोज तथा उद्धार सामग्रीसहित परिचालन गरिएको छ।
आइतबार बिहानैदेखि स्थानीयवासीले दुईवटा डुङ्गाको सहयोगमा नदीमा खोजी गरिरहेका छन्। त्यस्तै, सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेलको नेतृत्वमा डुङ्गासहितको टोली पनि खोजीमा परिचालन गरिएको कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले जानकारी दिए।
नारायणी नदीमा बेपत्ता बोटेको खोजी कार्य जारी रहे पनि हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij