Logo

Aug 12 2026 | २०८३, श्रावण २७गते

अन्तर्राष्ट्रिय हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज खुवाइँदै

अन्तर्राष्ट्रिय हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज खुवाइँदै

चितवन : आज १५औँ अन्तर्राष्ट्रिय हात्ती दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष अगस्ट १२ मा हात्ती संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ।

दिवसको अवसरमा चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाउने तयारी गरिएको छ। युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था लिमिटेडले बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीलाई वनभोज खुवाउन लागेको हो।

वनभोजमा हात्तीलाई मन पर्ने परिकार भेली, उखु, चना, फर्सी, ड्रागन फ्रुट, स्याउ, केरा, खरबुजालगायत फलफूल तथा खाद्य सामग्री खुवाइनेछ। नेपालमा विशेषगरी पश्चिम तराई तथा चुरे–तराई क्षेत्रमा जंगली हात्तीको बासस्थान रहेको छ। राष्ट्रिय निकुञ्ज तथा होटलहरूले पर्यटकलाई जंगल सफारी गराउनका लागि हात्ती पाल्दै आएका छन्।

नेपालमा बाँके–बर्दिया करिडोर क्षेत्रमा सबैभन्दा बढी जंगली हात्ती पाइने बताइन्छ। विभिन्न अध्ययनअनुसार नेपालमा रहेका कुल ४२ हजार ४५६ वर्ग किलोमिटर क्षेत्रमध्ये करिब १२ हजार ६९ वर्ग किलोमिटर क्षेत्र मात्र हात्तीका लागि उपयुक्त बासस्थान मानिन्छ। हात्तीको बासस्थान संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा हात्ती संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय हात्ती दिवस मनाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij